Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र हाइग्राउण्ड एडभेन्चर्सबीच आकर्षक छुट गर्ने सम्झौता

अर्थ संसार

सोमबार, २० भदौ २०७९, १४ : २८ मा प्रकाशित

प्रभु बैंक र हाइग्राउण्ड एडभेन्चर्सबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र पोखरास्थित हाइग्राउण्ड एडभेन्चर्स नेपालबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकारी मञ्जय राज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्स नेपालका तर्फबाट प्रमुख सञ्चालन अधिकारी दिनेश मर्हजनले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले हाइग्राउण्ड एडभेन्चर्स नेपालद्धारा सञ्चालित सम्पूर्ण सेवा जस्तै (जिपलाइनीङ, बन्जि जम्पिङ, माउण्टेन बाइकिङ, क्वाड बाइकिङ) इत्यादि सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

त्यस्तै, उक्त सम्झौता अन्तर्गत हाइग्राउण्ड एडभेन्चर्स नेपालमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, चेक, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हाइग्राउण्ड एडभेन्चर्स नेपालका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको