Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

अर्थ संसार

सोमबार, २० भदौ २०७९, १४ : ४६ मा प्रकाशित

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत छिन् । उनले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढी सकेकी छिन् ।

अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर गरिएकाे छ । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरेका छन् । पूर्णिमा श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे बताइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको