Like us!
Follow us!
Connect us!
Watch us!

बागमती प्रदेशको आज मौसम खराब हुने

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, ०८ : ३१ मा प्रकाशित

बागमती प्रदेशको आज मौसम खराब हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बागमती प्रदेशको केही स्थानमा भारी वर्षा हुने जनाएको छ । 

‘बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकोले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

भारी वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रदेश १, बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको