Like us!
Follow us!
Connect us!
Watch us!

बालेनको एक्सनपछि मेरियट होटलले महानगरपालिकालाई १९ लाख बुझायो

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, ०८ : ०६ मा प्रकाशित

बालेनको एक्सनपछि मेरियट होटलले महानगरपालिकालाई १९ लाख बुझायो

मेरियट होटलले त्यहाँ रहेको क्यासिनोको मनोरञ्जन कर काठमाडौँ महानगरपालिकालाई बुधबार बुझाएको छ । महानगरभित्र रहेका विभिन्न सात वटा क्यासिनोलाई मनोरञ्जन कर नतिरेको भन्दै बुझाउन आइतबार पत्र बुझाइएको थियो ।

महानगरलाई मेरियट होटलले १९ लाख ३७ हजार रुपैयाँ बराबरको कर बुझाएको बताइएको छ । क्यासिनोहरूलाई मनोरञ्जन कर नतिरेका कारण जरिवानासहित उक्त रकम बुझाउन सात दिनको अल्टिमेटमसहित महानगरले पत्र लेखेको थियो । सोहीअनुसार मेरियट होटलले कर बुझाएको छ ।

महानगरले होटल अन्नपूर्ण, र्याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्लमा रहेका क्यासिनोहरूलाई जरिवानासहितको कर तिर्न पत्र पठाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको