Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयाे कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, १२ : ३९ मा प्रकाशित

सुरू भयाे कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा

कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तगर्त “Way to Listing” नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।

क्यापिटलले “Way to Listing” सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ ।

साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजार (NEPSE) मा सुचिकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गर्नेछ । क्यापिटलको यस सेवाले वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्राउने धितोपत्र बोर्डको नितिलाई समेत सहयोग पुर्याउनेछ ।

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत निम्न कार्यहरु गर्नेछ :

- व्यवसायिक तथा वित्तिय योजनाको तयारी

- वित्तिय तथा संगठनात्मक पुनर्संरचना

- वित्तिय श्रोत जुटाउन सहयोग

- कम्पनी मुल्याङ्कन, तथा परीयोजना मुल्याङ्कन

- प्रबन्धपत्र तथा नियमावली संशोधन

- आन्तरिक नियन्त्रण प्रणालिको विकास तथा प्रभावकारिता मुल्याङ्कन

- व्यवस्थापकिय परामर्श

- Due Diligence


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको