Like us!
Follow us!
Connect us!
Watch us!

नागरिकता विधेयक रोकेको भन्दै कांग्रेस निकट नेविसंघले जलायो राष्ट्रपतिको पुत्ला

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, ११ : ०३ मा प्रकाशित

नागरिकता विधेयक रोकेको भन्दै कांग्रेस निकट नेविसंघले जलायो राष्ट्रपतिको पुत्ला

सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल बिद्यार्थी संघले राष्ट्रपतिको पुत्ला जलाएको  छ । नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै संघले राष्ट्रपतिको पुत्ला जलाएको हो । 

नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला  जलाएको हो । विद्यार्थीले पुत्ला जलाउँदै गर्दै नाराबाजी गरेका थिए । प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई  तितरबितर पार्ने क्रममा  प्रहरीमाथि  ढुंगामुढासमेत भएको छ ।

नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सोही ढुंगा टिपेर प्रहरीले पनि क्याम्पसभित्र रहेका नेविसंघलाई प्रहार गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको