Like us!
Follow us!
Connect us!
Watch us!

‘खान नपुग्ने परिवारमा जन्मेर पनि २ पटक प्रधानमन्त्री बने, बाँकी जीवन आर्थिक क्रान्तिमा समर्पित गर्छु’

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, १२ : ५३ मा प्रकाशित

‘खान नपुग्ने परिवारमा जन्मेर पनि २ पटक प्रधानमन्त्री बने, बाँकी जीवन आर्थिक क्रान्तिमा समर्पित गर्छु’

नेकपा माआवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँफ खान नपुग्ने परिवारमा जन्मेर पनि दुई दुई पटक देशको प्रधानमन्त्री बनेको भन्दै आफ्नो बाँकी जीवन देशका आर्थिक क्रान्तिमा समर्पित गर्ने बताएका छन् । 

आज आईतबार नेपाल युवा लगानीकर्ता सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पहाडमा खान नपुगेर चितवनमा बसाइँ सरेको बच्चा दुईचोटि गणतन्त्र नेपालको प्रधानमन्त्री भएँ । फर्केर हेर्दा आफैंलाई सपना हो कि विपना हो जस्तो लाग्छ’, उनले भने ।

म अब जीवनको उत्तरार्द्धमा छु । ५(७ वर्ष, बढीमा १० वर्ष होला सक्रिय जीवन भनेको । अब समृद्धि र आर्थिक क्रान्तिका लागि बाँकी जीवन समर्पित गर्ने अठोट गरेको छु प्रचण्डले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको