Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका ग्राहकले दराजबाट सपिङ गर्दा विशेष छुट पाउने

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, ११ : ३७ मा प्रकाशित

एनआईसी एशिया बैंकका ग्राहकले दराजबाट सपिङ गर्दा विशेष छुट पाउने

एनआईसी एशिया बैंक लिमिटेडले दशैंको उपलक्ष्यमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ ।

भाद्र २९ गतेदेखि आश्विन ११ गतेसम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रू.२,००० सम्मको छुट उपलब्ध हुनेछ र क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा रू.२,५०० सम्मको छुट उपलब्ध हुनेछ ।

चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको iServe मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको