Like us!
Follow us!
Connect us!
Watch us!

महानगरको पत्रपछि नौवटा संस्थाले बुझाए ८४ लाख मनोरञ्जन कर

अर्थ संसार

बुधबार, २९ भदौ २०७९, ०७ : ४१ मा प्रकाशित

महानगरको पत्रपछि नौवटा संस्थाले बुझाए ८४ लाख मनोरञ्जन कर

काठमाडौँ महानगरपालिकालाई मनोरञ्जन कर नबुझाउने पाँचवटा क्यासिनोसहित नौवटा संस्थाले ८४ लाख ३४ हजार ३६३ रुपियाँ राजस्व बुझाएका छन् । महानगरले  ४५  वटा  संस्थालाई  मनोरञ्जन  कर र सम्पत्ति कर बुझाउन पत्र काटेकोमा नौवटा संस्थाले मात्रै राजस्व बुझाएका हुन् । 

पत्र काटेका मध्ये दुईवटा क्यासिनोले सञ्चालनमा नरहेको भन्दै कर बुझाएका छैनन् । महानगरलाई कर बुझाउनेमा काठमाडौँ फन पार्क, डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो ¥य ाट, प्राइम इन्टरटेन्मेन्ट एन्ड रिक्रिएसन, बाल्को क्यासिनो,  बेलिज  क्यासिनो,  रोयल  क्यासिनो  र  माजोङ इन्टरटेनमेन्ट रहेका छन् । महानगरपालिकाले काठमाडौँ फन पार्कलाई २४ घण्टाभित्र कर बुझाउन भदौ १६ गते पत्र काटेको थियो ।

नोरञ्जन कर बुझाउन ताकेतामा परेको ¥याडिसन होटलमा सञ्चालित क्यासिनो ¥याट र याक एन्ड यतीमा सञ्चालित रोयल क्यासिनोले भने कर तिरेका छैनन् । महानगरको  राजस्व  विभागका  अनुसार  म्यारियट  क्यासिनोले  २१  लाख  ४२  हजार,  अन्नपूर्णको  क्यासिनोले  ११  लाख  ८५  हजार,  हायातको  क्यासिनोले  नौ  लाख  ८९  हजार,  सोल्टीको क्यासिनोले नौ लाख ९३ हजार, मल्ल होटलको क्यासिनोले १३ लाख ८८ हजार रुपियाँ महानगरलाई मनोरञ्जनबापत कर बुझाएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको