Like us!
Follow us!
Connect us!
Watch us!

बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो

अर्थ संसार

बुधबार, २९ भदौ २०७९, १४ : ०२ मा प्रकाशित

बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो

राष्ट्रिय सभाले बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’  लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । 

बैठकमा पेस भएको उक्त दुईवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे । 

राष्ट्रिय सभाको अर्को बैठक बिहीबार अपराह्न २ बजेर ५९ मिनेटमा बस्नेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको