Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा छायाे राैनकता, के बजार लयमा फर्किएकाे हाे ?

नेप्से

बुधबार, २९ भदौ २०७९, १५ : ०७ मा प्रकाशित

नेप्सेमा छायाे राैनकता, के बजार लयमा फर्किएकाे हाे ?

आज (बुधबार) सेयर बजारमा राैनकता देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकममा पनि उछाल आएकाे छ । 

बजारमा अब सकारात्मक माहाेल देखा पर्ने अनुभवी लगानीकर्ता प्रवेश दाहाल बताउँछन् । के बजार लयमा फर्किएकाे हाे भन्ने अर्थसंसारकाे प्रश्नकाे जवाफ दिँदै उनले भने, "आज पनि बजारमा सकारात्मक माहाेल नै देखियाे । हिजाेअस्ति एक अर्ब पनि पुग्न नसकेकाे काराेबार रकममा आज उछाल देखिएकाे छ । बढेकाे काराेबार रकमले ठूला लगानीकर्ता बजार प्रवेश गरिसकेका संकेत गर्दछ । बजार बढ्नलाई यो एउटा प्लस पोइन्ट हो । बजारमा फेरि हरियाली देखिँदा लगानीकर्ताको मनोबल पनि बढेको छ ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा पुगेकाे छ । नेप्से २.४५ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ९.१९ अंकले बढेर ३८५.३६ विन्दुमा पुगेको छ । 

कूल २२७ वटा कम्पनीकाे ४६ लाख १८ हजार ५ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ५० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

बुधबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड ५१ लाख ६९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ७३ रूपैयाँ ९० पैसा पुगेकाे छ ।

 

आज एनआईसी एशिया फ्लेक्सी कयाप फण्डको मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य १० प्रतिशतले घटेर ९ रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको