Like us!
Follow us!
Connect us!
Watch us!

अब एनआईसी एशिया बैंकको खातामा सोझै रकम जम्मा गर्न सकिने

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, १२ : ०५ मा प्रकाशित

अब एनआईसी एशिया बैंकको खातामा सोझै रकम जम्मा गर्न सकिने

एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब VISA DIRECT मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । बैंकले Visa International सँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो ।

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् र यस सेवा अन्तर्गत विश्वका कुनै पनि VISA DIRECT प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ । त्यसका लागि रकम पठाउने विदेशी तथा स्वदेशी महानुभावहरूले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको VISA कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सकिनेछ ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको