Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंककाे अफर : रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, १४ : ४६ मा प्रकाशित

प्रभु बैंककाे अफर : रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ

प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्धती खातामा वार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।  

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन पे्ररणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

यो योजना आगामी असोज ०१, २०७९ देखि लागु हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको