Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको विकल्प आउने पक्का: नयाँ स्टक एक्सचेन्जका लागि बोर्डले माग्यो निवेदन, यस्ताछन् सर्तहरु

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, ०७ : १८ मा प्रकाशित

नेप्सेको विकल्प आउने पक्का: नयाँ स्टक एक्सचेन्जका लागि बोर्डले माग्यो निवेदन, यस्ताछन् सर्तहरु

नेपाल धितोपत्र बोर्डले नेपालमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको सिफारिसका लागि निवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै बोर्डले योग्य संस्थाहरुबाट निवेदनको माग गरेको हो । 

धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ लाई संशोधन गरेर अर्थ मन्त्रालय पठाएको थियो उक्त प्रस्ताव क्याबिनेटबाट पमरित भएपछि नेपालमा अर्को स्टक एक्सचेन्ज स्थापनाको बाटो खुुलेको हो । जस अनुसार नयाँ खुल्ने स्टक एक्सचेञ्जको पूँजी ३ अर्ब हुनेपर्नेछ । त्यस्तै, सो नियमावली अनुसार निजी क्षेत्रले पनि नयाँ स्टक एक्सचेञ्ज खोल्न पाउनेछन् ।

बोर्डद्धारा जारी सूचनामा भनिएको छ 'धितोपत्र बजारलाई थप प्रतिस्पर्धी प्रभावकारी लगानीकता मैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति तथा अर्थतन्त्रमा रहेका स्थापित बास्तविक क्षेत्रका सङ्गठित संस्थालाई धितोपत्र बजारमा भित्र्याई राष्ट्रिय पूंजी निर्माण र परिचालनलाई सहजिकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न दिई धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिष्पर्धा, विकास र विस्तार गरी धितोपत्र बजानमा सर्वसाधारण लगानीकताको पहुँच अभिवृद्धि गर्न आवश्यक भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ सो अन्तर्गत बनेका नियम र निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानुन बमोजिम सीमित दायित्वको सङ्गठित संस्था स्थापना गर्न चाहनेले त्यस्तो संस्था स्थापना गर्नु अघि बोर्डबाट सिफारिस लिनु पर्ने व्यवस्था रहेको र बोर्डले धितोपत्र बजार सञ्चालन गर्न त्यस्तो सङ्गठित संस्था स्थापना गर्न चाहनेलाई सिफारिस गर्न लागेको हुँदा सो प्रयोजनको लागि धितोपत्र सम्बन्धी ऐन २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ (संशोधन सहित) र धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ बमोजिमका सर्तहरूको अधीनमा रही निबेदन पेस गर्न इच्छुक सम्बद्ध सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।'

सर्तहरुः

१. धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्न इच्छुक धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले यो सूचना प्रकाशित भएको मितिले ४५ (पैतालीस) दिन भित्र (अन्तिम दिनको कार्यालय समय भित्र धितोपत्र बजार सञ्चालन गर्ने सङ्गठित संस्था दर्ता गर्न सम्बन्धित कार्यालयमा बोर्डको सिफारिसका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ तथा धितोपत्र बजार सञ्चालनका लागि नगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७१ मा तोकिए बमोजिम निवेदन निवेदन दस्तर विवरण तथा कागजात सलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्नु पर्नेछ। निवेदन पेस गर्ने दिन सार्वजनिक विदा परेमा सोको भोलीपल्ट कार्यालय समय भित्र निवेदन बुझाउन सकिनेछ।

२. निवेदन पेस गर्दा निवेटकको नाम, ठेगाना स्पष्ट बुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी बितोपत्र सम्बन्धी ऐन, २०६३. धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ तथा वितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ मा उल्लेन्वित कागजात तथा विवरणहरू एवं शीलवन्दी गरिएको विस्तृत व्यवसायिक कार्ययोजना समावेश गरी वामबन्दी गरी निवेदन पेस गर्नुपर्नेछ।

३. रितपूर्वक नभएका वा म्याद नाघी आएका वा कुनै सतं समावेश गरी पेस भएका निवेदन उपर कुनै कारवाही हुने छैन ।

४. सूचना बमोजिम पेस हुन आएका कुनै वा सबै निवेदन स्वीकृत गर्ने वा नगर्ने अधिकार बोर्डमा सुरक्षित रहनेछ।

५. वितोपत्र बजार सञ्चालनको लागि सङ्गठित संस्था स्थापना गर्न सिफारिस सम्बन्धी अन्य सर्तहरू धितोपत्र सम्बन्धी ऐन, २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ एवं वितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७२ मा उल्लेख भए बमोजिम हुनेछ।

632677d8d1be2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको