Like us!
Follow us!
Connect us!
Watch us!

अहिले बैङ्कबाट ऋण लिने अवस्था होइन, ऋणको ब्याज १८ प्रतिशतसम्म पुग्नेछ

पत्रपत्रिका

आइतबार, ०२ असोज २०७९, ०७ : ४५ मा प्रकाशित

अहिले बैङ्कबाट ऋण लिने अवस्था होइन, ऋणको ब्याज १८ प्रतिशतसम्म पुग्नेछ

लामो समयदेखि ब्याजदरलाई नियन्त्रण गर्ने वाणिज्य बैङ्कको प्रयासको अन्त्य भएको छ । वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैङ्कर्स सङ्घले गत माघदेखि गर्दै आएको भद्र सहमतिको नाममा ब्याजदर नियन्त्रणको प्रयास असोजदेखि टुङ्गिएको सङ्केत आएको हो ।

वाणिज्य बैङ्कका प्रमुखहरूले आफूखुसी ब्याजदर तोक्ने सहमति गरेका हुन् । यो सहमतिपछि शुक्रबार वाणिज्य बैङ्कहरूले असोजका लागि विभिन्न स्किमका बचत तथा मुद्दती खातामा दिने ब्याजदर बढाएको सार्वजनिक गरेका छन् । अधिकांश बैङ्कले नयाँ ब्याजदर व्यक्तिगत मुद्दती खातामा १२.१३, संस्थागतमा  १०.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १३.१३ प्रतिशत कायम गरेका हुन् ।

नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्रिय अर्थतन्त्रको जोखिमलाई ख्याल गर्दै विदेशी मुद्रा सञ्चति विस्तार गर्ने, मूल्य वृद्धि नियन्त्रण गर्ने र उपलब्ध वित्तीय स्रोतको विवेकपूर्ण प्रयोगमा मौद्रिक नीतिलाई केन्द्रित गरेको थियो  ।  यसका  लागि  ब्याजदर  बढ्नुपर्ने  उसको  अपेक्षा रहँदै आएको थियो तर बैङ्कर्स सङ्घको भद्र सहमतिले हालसम्म ब्याजदरको स्वाभाविक वृद्धिलाई रोक्ने प्रयास गरे पनि असोजदेखि खुला छाडिएको छ । 

 नबिल  बैङ्कका डेपुटी सीईओ मनोज ज्ञवालीका अनुसार अब ऋणको ब्याज १८ प्रतिशतसम्म पुग्नेछ । “बचत गर्ने बढ्ने र ऋण लिने घट्ने अवस्था आउने हाम्रो अपेक्षा छ । अब लागत नै १.२ प्रतिशतले बढ्काले यसको  स्वाभाविक  असर  ऋणको  ब्याजमा  पनि  पर्नेछ,” ज्ञवालीले भने ।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले ब्याज बढने दिशातर्फ जानुले अनावश्यक र अनुत्पादक खर्च कटौती हुने र बचत प्रोत्साहित हुने अवस्था आउछ । “अनावश्यक खपत घटाएर आयात  निरुत्साहन गर्ने, विदेशी मुद्रा सञ्चति बचाउनु र बढाउनु  अहिलेको  आवश्यकता  हो,” उनले भने ।  

खासगरी व्यापारिक तथा तुलनात्मक रूपले कम उत्पादनमूलक मानिएका व्यवसाय तथा उद्यम सञ्चालनमा पनि थप दबाब सिर्जना परेको छ । डा.भट्टका अनुसार अब सकेसम्म बैङ्कबाट ऋण लिने अवस्था अहिले होइन । “अर्थतन्त्रका लागि चाहिने र आवश्यक नै हुनेलाई विभिन्न संरक्षण तथा सहुलियत त छन् नै, विश्व आर्थिक परिदृश्य नै यही दिशामा चलेकाले हामी पनि सोहीअनुरूप चल्नुपरेको हो,” उनले भने । ब्याजदर वृद्धिपछि निम्तिन सक्ने विकृतिप्रति राष्ट्र बैङ्क  सचेत रहेको र गलत अभ्यास देखिनासाथ कारबाही गरिने उनले बताए ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको