Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक : भ्वाइस प्याक मात्र ५९ रूपैयाँमा

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १० : ३९ मा प्रकाशित

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक : भ्वाइस प्याक मात्र ५९ रूपैयाँमा

एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरि नयाँ दुई विशेष अफर संचालन ल्याउँदैछ । यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्छन् । 

यी प्याकहरु आइतबारबाट तीन दिनका लागि मात्र संचालनमा रहनेछन् । यसको मतलब ग्राहकहरुले यी प्याकहरु आइतबारदेखि मंगलबार अर्थात असोज २ देखि ४ गतेसम्म मात्र लिन पाउँनेछन् । असोज ३ गते सोमबार आठौं संविधान दिवस मनाईँदैछ । 

ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित रु ५९ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन् । 

एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र रु ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन् । यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुन्छ ।

संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको