Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको चरम लापरवाही: अझै सहज रुपमा हुन सकेन ‘HIDCLP’ को कारोबार

अर्थ संसार

सोमबार, ०३ असोज २०७९, ०६ : २० मा प्रकाशित

नेप्सेको चरम लापरवाही: अझै सहज रुपमा हुन सकेन ‘HIDCLP’ को कारोबार

गत भदौ १४ गते नेप्सेले प्रणाली संचालन शाखालाई एचआईडिसीएलको प्रोमोटर सेयरलाई अन्य साधारण सेयर सरह नै टिएमएस बाट सहज रुपमा खरिद बिक्रि गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो। एचआईडिसीएलले हकप्रद मार्फत बिक्रि नभएको प्रोमोटर सेयर लिलामी मार्फत बिक्रि गरेको थियो। ३ करोड ३० लाख कित्ता सेयर लिमाम बढाबढ मार्फत बिक्रिमा राखे तापनि करिब ९९ लाख कित्ता मात्रै लिलामी मार्फत बिक्रि भएको थियो। सो सेयरलाई नेप्सेले 'HIDCLP' कोड दिई लिस्टिंग गरेको थियो। अहिले सोहि सिम्बोलबाट एचआइडिसिएलको प्रोमोटर सेयर खरिद बिक्रि हुने गरेको छ।  

तर अहिलेसम्म पनि अन्य सेयरहरु जस्तै सहज रुपमा एचआईडिसीएलको साधारण सेयरको कारोबार हुन सकेको छैन। अहिले पनि सो सेयर खरिद वा बिक्रि गर्न ब्रोकरलाई सम्पर्क गर्नुपर्ने वाध्यता छ। प्राय: धेरै लगानीकर्ताहरुलाई त ब्रोकरलाई सम्पर्क गरी आदेश दिएर HIDCLP खरिद बिक्रि गर्न मिल्छ भन्ने पनि थाहा छैन।  

नेप्सेले प्रणाली संचालन विभागलाई निर्देशन दिएको साता दिन सम्म पनि HIDCLP सहज रुपमा टिएमएसबाट कारोबार हुन नसकेपछि हामीले नेप्सेका सीईओ कृष्ण बहादुर कार्कीसंग सोध्दा आफूले क्लियर निर्देशन दिईसकेको हुँदा केहि दिनभित्रै सहज रुपमा टिएमएसबाट HIDCLP को कारोबार गर्न सकिने जानकारी दिएका थिए। तर १५ दिन बितिसक्दा पनि HIDCLP टिएमएसबाट सहज रुपमा कारोबार हुन नसक्दा लगानीकर्ताहरु मर्कामा परेका छन्।  यस्तो संवेदनशिल कुरामा नेप्सेले लापरवाही गर्दा यसको प्रभाव HIDCLP को सेयर मूल्यमा समेत देखिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको