Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको निक्षेपको ब्याजदर परिमार्जन, अब कुन खातामा कति ब्याज ?

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, ०७ : २७ मा प्रकाशित

प्रभु बैंकको निक्षेपको ब्याजदर परिमार्जन, अब कुन खातामा कति ब्याज ?

प्रभु बैंक लिमिटेडले गत शुक्रबार प्रकाशन गरेको ब्याजदरमा केहि परिमार्जन गरेको छ । शुक्रबार प्रभु उन्नती मुद्दतीमा १५.१३ प्रतिशत ब्याज दिने भनेको बैंकले आजको सूचनामा उक्त प्रभु उन्नती भनेको रेमिट्यान्स खाता रहेको उल्लेख गरेको छ । त्यस्तै बैंकले शुक्रबार प्रकाशन गरेको ब्याजदरमा केहि थप गरेर ब्याजदर प्रकाशन गरेको छ ।

प्रभु बैंकले नियम विपरित ब्याजदर बढायो, मुद्दती निक्षेपमा १५.१३ प्रतिशत ब्याज !

बैंकले शुक्रबार प्रकाशन गरेको ब्याजदरमा बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज र मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १२.१३ प्रतिशतसम्म तोकेमा अहिले त्यसलाई परिमार्जन गरि बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिनेछ त्यस्तै मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३३ प्रतिशत देखि अधिकतम १२.१३३ प्रतिशतसम्म तोकिएको छ । 

बैंकले परिमार्जन सहित प्रकाशन गरेको ब्याजदरः 

632a6c61cf68c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको