नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । बैंकले यही असोज ६ गते देखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको NADA EV Expo 2022 मा सहभागी हुुँदै आफ्ना ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउनेछ ।
वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ । यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. G-12 मा ग्राहकलाई तत्काल ऋण मुुल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस