Like us!
Follow us!
Connect us!
Watch us!

साथीमार्टको डिजिटल दशैँ : ‘क्यासब्याक पनि उपहार पनि’

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, १२ : २५ मा प्रकाशित

साथीमार्टको डिजिटल दशैँ : ‘क्यासब्याक पनि उपहार पनि’

नेपालकै ठूलो रिटेल चेन साथीमार्टले देशव्यापी रूपमा दशैँ–तिहार अफर ल्याएको छ । साथै मार्टले ‘साथीमार्टको डिजिटल दशैँ, क्यासब्याक पनि उपहार पनि’ अभियान समेत सुरु गरेको हो । जुन भाद्र ३० गतेदेखि कार्तिक १४ गतेसम्म सञ्चालनमा रहनेछ ।
 
उक्त अभियान साथीमार्ट र खल्तीको संयुक्त आयोजनामा भएको साथीमार्टका संस्थापक सीईओ सागर पोखरेलले जानकारी दिए । 

‘यस अभियान अन्तर्गत ग्राहकले नेपालको जुनसुकै ठाउँमा रहेका साथीमार्टमा गई सपिङ गर्न सक्नेछन् भने अनलाइन मार्फत पनि सेवा लिन सक्नेछन्,’ उनी भन्छन् ‘हरेक अनलाइन वा अफलाइन सपिङमा ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौँ ।’

यस्तै, ग्राहकले सपिङ गरे पश्चात् खल्ती एपबाट रकम भुक्तानी गर्दा तत्कालै १० प्रतिशत क्यासब्याक पाउनुका साथै ‘लक्की ड्र’ समेत सो ग्राहकको नाम समावेश हुने पोखरेल बताउँछन् ।

उनका अनुसार, यो अभियान सकिएपछि ‘लक्की ड्र’ मार्फत १० जना भाग्यशाली विजेता छानिने छन् । जसअन्तर्गत ७ प्रदेशका ७ जना बिजेताले इलेक्ट्रिक कितली र ३ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा क्रमश: वाटर प्युरिफायर, माइक्रोवेभ ओभन र इन्डक्सन चुलो पाउनेछन् ।

यो अभियान अन्तर्गत ग्राहकले मार्टबाट खरिद गर्ने ग्रोसरी, इलेक्ट्रिक सामान, लिक्वेयर लगायत सबैमा लागु हुनुका साथै अनलाइनमा उपलब्ध सामाग्री खरिदमा विशेष छुटको समेत व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको