Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, १३ : ४८ मा प्रकाशित

एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

एनआइसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाईल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् ।

मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाईल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने विकल्प छनौट गरी स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्नेछन् । साथै एन आइ सी एशिया बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ एन आइ सी एसिया मोबैंक (NIC ASIA MoBank) एप डाउनलोड गरि लाईट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्नेछन् ।

यो सुविधा सुरु भएसँगै एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग सेवामा नया आयाम थपिएको छ । साथै स्मार्ट क्युआर मार्फत भुक्तानी लिने ब्यबसायीलाई पनि एन आइ सी एशिया बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्तासँग भुक्तानी लिन सहज भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको