Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकबाट रेमिटेन्स बुझ्नेलाई आकर्षक दक्षिणा

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, १५ : ०७ मा प्रकाशित

एनआईसी एशिया बैंकबाट रेमिटेन्स बुझ्नेलाई आकर्षक दक्षिणा

एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ ।

जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ । बैंकले आश्विन १ देखि कार्तिक ३० सम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ ।

यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप रू. ३०० प्रदान गर्ने व्यवस्था गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको