रु रु जलबिद्युत आयोजनाले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ७ गते सञ्चालक समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा आह्वानको निर्णय गरेको हो ।
कम्पनीको असोज ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले लाभांश परित सहित अन्य ऐजेन्डाहरु पारित गर्नका लागि कार्तिक ४ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको १७ औँ साभारणसभा बानेश्वर ब्याङ्क्वेट थापागाँउ बानेश्वरमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।
आयोजनाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ असोज २७ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ तसर्थ असोज २६ गतेसम्म नेप्सेमा कारोृबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।
आयोजनाको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस