Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण सुरु

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, १० : ५८ मा प्रकाशित

काठमाडौं उपत्यकामा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण सुरु

दशैँ नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । यो क्रम दशैँको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिँदैछ ।

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो । 

यो वर्षको दशैँमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको