Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र चुरे हिल हस्पिटलबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, १७ : १६ मा प्रकाशित

प्रभु बैंक र चुरे हिल हस्पिटलबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र हेटौंडा, मकवानपुरस्थित चुरे हिल हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हेटौंडा शाखा कार्यालय प्रमुख अशोक प्रताप साह र चुरे हिल हस्पिटलका तर्फबाट प्रशासनिक प्रमुख रविन्द्र कुमार थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले चुरे हिल हस्पिटलद्धारा सञ्चालित (आइ.सी.यु) बाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशत का साथै फार्मेसी औषधी शुल्कमा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ । 

उक्त सम्झौता अन्तर्गत चुरे हिल हस्पिटलमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, चुरे हिल हस्पिटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको