Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया ब्यालेन्स फण्डको सबैभन्दा बढि लगानी नबिल बैंकमा, न्याभ ११.९० रुपैयाँ

अर्थ संसार

विहीबार, १३ असोज २०७९, ०८ : ०८ मा प्रकाशित

एनआईसी एशिया ब्यालेन्स फण्डको सबैभन्दा बढि लगानी नबिल बैंकमा, न्याभ ११.९० रुपैयाँ

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स फण्डले २०७९ साल भदौ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

भदौ मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ११ रुपैयाँ ९० पैसामा सिमित रहेको छ । उक्त मूल्य साउन मसान्तको तुलनामा २९ पैसाले घटेको हो । साउन मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १२ रुपैयाँ १९ पैसा रहेको थियो ।

त्यसैगरी, भदौ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी घटेर ४२ करोड ८४ लाख ७४ हजार रूपैयाँ पुगेको छ । साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४४ करोड ४९ लाख ७४ हजार रूपैयाँ लगानी गरेको थियो ।

त्यस्तै, एनआईसी एशिया ब्यालेन्स फण्डले विभिन्न प्रकारका ९० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फण्डले सबैभन्दा बढि नबिल बैंकमा लगानी गरेको छ । फण्डले बैंकको ५ करोड ३५ लाख ४४ हजार रुपैयाँ बराबारको ६९ हजार ३५८ कित्ता सेयर होल्ड गरेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको