Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डले २ जनालाई कार्यकारी निर्देशकमा बढुवा गर्ने

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, ०७ : २७ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले २ जनालाई कार्यकारी निर्देशकमा बढुवा गर्ने

नेपाल धितोपत्र बोर्डले २ जना कार्यकारी निर्देशक सहित अन्य पदहरुमा कार्यक्षमता मूल्याङ्कनको आधारमा बढुवा गर्ने भएको छ । बोर्डको पदपुर्ती समितीले आज एक सूचना प्रकाशन गर्दै विभिन्न पदहरुमा आन्तरिक बढुवाका लागि दरखास्त आह्वान गरेको हो । 

लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम बोर्डमा रिक्त रहेका विभिन्न पदहरुमा कार्यक्षमता मूल्याङ्कनका आधारमा पदपूर्ति गर्नुपर्ने भएकोले सूचना प्रकाशित भएको मितिले ३० (तीस दिनभित्र) नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ (संशोधन सहित) को नियम ३६ बमोजिमको योग्यता पुगेका बोर्डमा कार्यरत कर्मचारीहरुले आफ्नो शैक्षिक योग्यता, आफूले काम गरेको सेवा अवधि तथा नियमावलीमा उल्लेख भए बमोजिमका अन्य आवश्यक विवरण खुलाई तोकिएको ढांचामा रितपूर्वक दरखास्त पेश गर्नुपर्ने छ ।

बोर्डले प्रकाशन गरेको सूचनाः

633649b14c663.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको