Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र होटल गाउँबेसीबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, ११ : ०४ मा प्रकाशित

प्रभु बैंक र होटल गाउँबेसीबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र वालिङ्ग, स्याङ्जास्थित होटल गाउँबेसीबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट वालिङ्ग शाखा कार्यालय प्रमुख सन्तोष कुमार पौडेल र होटल गाउँबेसीका तर्फबाट अध्यक्ष सुदन श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल गाउँबेसीद्धारा सञ्चालित “फुड र वेभरेज” सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत होटल गाउँबेसीमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल गाउँबेसीका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको