Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तले सेयर लिलामीमा ल्याउँदै, मूल्य कति ?

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, १२ : ४७ मा प्रकाशित

आशा लघुवित्तले सेयर लिलामीमा ल्याउँदै, मूल्य कति ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्ने भएकाे छ । संस्थाले ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक सेयर असाेज २३ गतेदेखि लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असाेज ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

6336963853ce6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको