Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सले हकप्रद निष्कासन गर्ने, राष्ट्र बैंकबाट पायाे सहमति

अर्थ संसार

सोमबार, २४ असोज २०७९, ११ : ५७ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सले हकप्रद निष्कासन गर्ने, राष्ट्र बैंकबाट पायाे सहमति

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि नेपाल राष्ट्र बैंकबाट सहमति प्राप्त गरेकाे छ ।

फाइनान्सको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार राष्ट्र बैंकले फाइनान्सलाई चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १:०.३५ काे अनुपातमा हकप्रद सेयर निष्कासन गर्न सहमति प्रदान गरेकाे हाे ।

राष्ट्र बैंकले कम्पनीकाे वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्वीकृत गराएपछि मात्रै हकप्रद सेयर निष्कासन गर्न सहमति प्रदान गरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको