Like us!
Follow us!
Connect us!
Watch us!

बीमा कम्पनीले वित्तीय विवरणलाई सैद्धान्तिक स्वीकृति लिनु नपर्ने

अर्थ संसार

सोमबार, २४ असोज २०७९, १४ : ०४ मा प्रकाशित

बीमा कम्पनीले वित्तीय विवरणलाई सैद्धान्तिक स्वीकृति लिनु नपर्ने

अब उप्रान्त बीमा कम्पनीहरूले वित्तीय विवरणका लागि बीमा समितिबाट सैद्धान्तिक स्वीकृति लिनु नपर्ने भएकाे छ । बीमा समितिले असाेज १४ गते, शुक्रबार परिपत्र जारी गर्दै सम्पुर्ण जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुलाई अबदेखि सैद्धान्तिक स्वीकृति नलिन निर्देशन दिएको हो ।

समितिले साेही परिपत्रमार्फत् उक्त व्यवस्था कार्यान्वयन गर्न सबै बीमा कम्पनीहरूलाई आग्रह समेत गरेको छ । यसअघि बीमा कम्पनीहरुले वित्तीय विवरण तयार पार्नु भन्दा अगाडी समितिबाट सैद्धान्तिक स्वीकृति लिनुपर्ने व्यवस्था थियो । 

यस्तै, बिमा कम्पनीले बिमांकीय मूल्यांकनपछि तयार हने लेखापरीक्षण भएको वित्तीय विवरणका अन्तिम स्वीकृतिका लागि बिमा समितिमा पेश गर्न पनि सो परिपत्रमार्फत अनुराेध गरेकाे छ ।

त्यसैगरी, बिमा कम्पनीले वित्तीय विवरणको बिमाकीय मूल्यांकनबाट आउने दायित्वबाहेकका सम्पत्ति, दायित्व, आम्दानी, खर्च, व्यवस्थापन खर्चको बाँडफाँट, लगानी तथा अन्यबाट आयको बाँडफाँटलगायत लेखामानको पालना तथा समितिबाट जारी भएको बिमा ऐन, नियमावली र निर्देशिकामा भएको व्यवस्थाबमोजिम वित्तीय विवरण तयार गरिएको सुनिश्चितता गर्नका लागि बिमा कम्पनीको वित्त प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत जिम्मेवार हुनुपर्ने समितिले जनाएको छ।

बीमा समितिले कम्पनीको वित्त प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई नै जिम्मेवार बनाउँदै सैद्धान्तिक स्वीकृति लिनुपर्ने व्यवस्था हटाएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको