Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने

अर्थ संसार

मंगलबार, २५ असोज २०७९, ०६ : १० मा प्रकाशित

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने

पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो ।

३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए । यसका लागि तयारी भइसकेको छ । बिहान ७ बजे सुरु हुने सरसफाइमा ३३ जना वडा अध्यक्षहरूले नेतृत्व गर्नेछन् । मेयर आचार्यले सफाइ अभियानमा सहभागी हुन नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत सबै संस्था र ब्यक्तिहरुलाई आह्वान गरेका छन् । फेवाताल विश्व रामसार सूचीमा सूचीकृत छ ।

तर, यसको संरक्षण भने हुन सकेको छैन । तालको नयाँ सीमांकन भइसकेको छ । मापदण्ड विवादले अतिक्रमित संरचना हटाउन नसकेको मेयर आचार्यले बताए । तत्कालका लागि उनले ६५ मिटर नै मापदण्ड हुने बताएका छन् । यसअघि जनप्रतिनिधिको अन्तिक कार्यपालिका बैठकले तालको मापदण्ड ३० मिटरमा झारेको थियो ।

उक्त निर्णय विरुद्ध सर्वोच्चमा मुद्दासमेत परेको थियो । सर्वोच्चले तत्कालका लागि ६५ मिटर नै मापदण्ड हुने र सोही अनुसार कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको छ ।

मंगलबारपछि पनि छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाई सन्चालन गर्ने महानगरले जनाएको छ । फेवाको जलकुम्भी झार निकाल्न महानगरले छुट्टै मेसिन किनेको थियो । तर, मेसिनले प्रभावकारी काम गर्न सकेको छैन । राष्ट्रिय आविष्कार केन्द्रले यस्तै मेसिन बनाउन पहल थालेको छ । इन्जिनियरिङ अध्ययन संस्थानका इन्जिनियरहरुलाई मेसिन बनाउने जिम्मा दिइसकिएको आचार्यले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको