Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्दा यसरी छान्नुहाेस् सही समयमा सही कम्पनी (भिडियाे)

अर्थ संसार

मंगलबार, २५ असोज २०७९, १२ : ४३ मा प्रकाशित

नेपालको सेयर बजारमा नयाँ लगानीकर्ताहरुको थपिने क्रम बढेको छ । बजारमा आएका नयाँ लगानीकर्ताहरुलाई कस्ता कम्पनीमा लगानी गर्ने ? कुन समयमा लगानी गर्ने ? लगानी गर्दा कम्पनीको कुनकुन पक्षमा ध्यान दिने जस्ता कुराहरुकाेबारेमा जानकारी नहुँदा कतिपय लगानीकर्ताहरुले नोक्सानी व्यहोरिरहेका छन् ।

कुनै पनि व्यक्ति संघ तथा संस्थाले सेयर बजारमा लगानी गर्नुभन्दा अगाडि जान्नै पर्ने कुराहरू धेरै हुन्छन् । लगानी गर्नुभन्दा अगाडि विशेष ध्यान नदिएमा पछि गएर पछुताउनु पर्ने अवस्था सिर्जना भइदिन्छ ।  तर हामीले बेलैमा ध्यान पुर्याउँदा यस्ता जाेखिमहरूबाट सजिलै मुक्त हाेइन्छ ।

त्यसैले हामीले लगानीकर्ताहरूले जान्नैपर्ने EIC Analysis (Economy, Industry र Company Analysis) काे बारेमा एउटा विशेष भिडियाे सामाग्री तयारी पारेका छाैँ । सेयर बजारमा लगानी गर्दा कसरी हामीले स्टककाे छनाेट गर्ने भन्ने बारेमा विश्वमै प्रयाेग गरिने EIC Analysis लाई उत्कृष्ट मोडलका रूपमा लिइन्छ । याे माेडलले लगानीकर्ताहरूले कसरी सही समयमा सही स्टक छान्ने सिकाउँछ । 

साेही EIC Model काे बारेमा तयार पारिएकाे विशेष भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको