Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतको हकप्रदमा अन्तिम दिनसम्म कति पर्याे आवेदन ?

अर्थ संसार

बुधबार, २६ असोज २०७९, १० : ४६ मा प्रकाशित

राधी विद्युतको हकप्रदमा अन्तिम दिनसम्म कति पर्याे आवेदन ?

राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि आफ्ना लगानीकर्तालाई बिक्री खुल्ला गरेकाे हकप्रद सेयरमा आवेदन दिने हिजाे असाेज २५ गते अन्तिम दिन थियाे ।

सिडीएसका अनुसार अन्तिम दिनसम्ममा कम्पनीकाे हकप्रदमा ३८ हजार ४ सय २४ जना लगानीकर्ताहरूले ६९ कराेड ४७ लाख ४४ हजार रूपैयाँ बराबरकाे ६९ लाख ४७ हजार ४ सय ४० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हाे ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम  मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको