Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो कुराकानी गर्न थाले शताब्दी पुरुष जोशी : अस्पताल

अर्थ संसार

बुधबार, २६ असोज २०७९, २१ : २९ मा प्रकाशित

दोहोरो कुराकानी गर्न थाले शताब्दी पुरुष जोशी : अस्पताल

शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ । 

अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ । खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको छ । यद्यपि, उनले सामान्य दाेहोरो कुराकानी गर्न थालेको अस्पतालको भनाइ छ । 

उनलाई अहिले अस्पतालको डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्षसरहकै निगरानीमा उपचार गरिरहेको पनि अस्पतालले जनाएको छ । 

6346e136c5fa9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको