Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धनको दुई तिहाई बहुमत आउँछ : पौडेल

अर्थ संसार

शुक्रबार, २८ असोज २०७९, ०७ : २६ मा प्रकाशित

गठबन्धनको दुई तिहाई बहुमत आउँछ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउने दाबी गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले विहिबार बिपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उनले दुई तिहाई बहुमत ल्याउनका लागि गठबन्धन भएको बताए ।

संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसङ्ख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको उनको भनाइ थियो ।

“नेपालको संविधानको रक्षा र प्रतिगमन विरुद्धको लडाइँका लागि गठबन्धन आवश्यक परेको हो”, वरिष्ठ नेता पौडेलले बताए । उनले कार्यकर्तालाई अधिनायकवाद विरुद्ध लड्न गाउँ–गाउँमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न कार्यकर्तालाई आग्रह गरे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको