Like us!
Follow us!
Connect us!
Watch us!

कार्तिकमा निक्षेपको ब्याजदर नबढ्ने !

अर्थ संसार

शुक्रबार, २८ असोज २०७९, १० : ३३ मा प्रकाशित

कार्तिकमा निक्षेपको ब्याजदर नबढ्ने !

कार्तिक महिनामा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । बैंकरबीच असोज महिनाकै ब्याजदर कायम गर्न उपयुक्त भएको भन्दै त्यसैलाई नै निरन्तरता दिने सहमति भएको छ । विगत ६ महिनादेखि ब्याजदरमा कायम भद्र सहमतीलाई तोड्दै बैंकहरुले असोज महिनामा निक्षेपको ब्याजदर बढाएका थिए । 

असोज अघि बैंकहरुका बिचमा आपसी सहमतिमा ब्याजदर कायम गर्ने गरेकोमा गत महिनामा भने नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुले स्वतन्त्र रुपले ब्याजदर तोक्न सक्ने निर्णय गरेको थियो ।  

असोजमा ब्याजदर बढाउँदा पनि निक्षेप खासै नबढे पछि बैंकरहरु ब्याज नबढाउने निर्णयमा पुगेका हुन् । ‘असोज महिनामा ब्याजदर बढाउँदा पनि निक्षेप अपेक्षाकृत ढंगले बढेन अझै पनि ब्याजदर बढाउने हो भने बैंकहरु पनि अप्ठ्यारो पर्न सक्छ ब्याजदर बृद्धिले निक्षेपमा खासै सकारात्मक प्रभाव नपरेपछि कार्तिकमा ब्याजदर नबढाउने कुरामा सबै साथीहरु सहमत नै हुनुहुन्छ’ एक बैंकका सिईओले अर्थसंसारसंग भने । 

बैंकले भदौको तुलनामा थप १ प्रतिशत निक्षेपको ब्याजदर बढाएका थिए। अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कुल निक्षेप बाहेक) को औसतमा बढीमा १० प्रतिशतले मात्रै परिवर्तन गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था छ ।

सोजमा वाणिज्य बैंकले साधारण बचत खातामा ९.१३ प्रतिशतसम्म दिएका छन्। केहीले ७.१३ प्रतिशतसम्म दिएका छन्। मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगततर्फ अधिकांशले १२.१३ र संस्थागततर्फ १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । त्यस्तै बैकहरुले रेमिट्यान्स मुद्दती निक्षेपका नाममा १५.१३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको