Like us!
Follow us!
Connect us!
Watch us!

काराेबार खुल्ने बित्तिकै पिपुल्स पावरकाे आईपीओ सेयर बेच्न म्युचुअल फण्डकाे तछाड मछाड

अर्थ संसार

आइतबार, ३० असोज २०७९, ११ : ३० मा प्रकाशित

काराेबार खुल्ने बित्तिकै पिपुल्स पावरकाे आईपीओ सेयर बेच्न म्युचुअल फण्डकाे तछाड मछाड

दाेस्रो बजारमा आज (असाेज ३० गते, आइतबार) देखि पिपुल्स पावर कम्पनी लिमिटेडकाे कारोबार सुरू भएको छ । कारोबार सुचारु भुने बित्तिकै उक्त कम्पनीको सेयर बेच्न म्युचुअल फण्डहरू लागेको देखिन्छ।  
 
कारोबार सुरु भएको दिन सर्वसाधारण लगानीकर्ताको धेरै आए १० कित्ताको दरले बिक्री आउने गर्छ तर मार्केट डेप्ट र फ्लोर सिट हेर्ने हो भने पहिलो दिने नै ठूला कित्ताको बिक्री आएको देखिन्छ।  यति धेरै कित्ता पिपुल्स पावरको सेयर अहिले  म्युचुअल फण्डहरू बाहेक अरु संग छैन। 

याे समाचार तयार पार्दासम्म कम्पनीकाे सेयरमा खरिद आदेश भन्दा बिक्री आदेश धेरै देखिन्छ । १३ हजार ९ सय १३ कित्ता बिक्रीका किनबेच भईसकेको छ ।  यो बाट सजिलै बुझ्न सकिन्छ, फण्डहरु यस कम्पनीको सेयर राख्न रुचि छैनन्। 

म्युचुअल फण्डहरूको उद्देश्य दिगो रूपले नाफा आर्जनगर्ने उद्देश्यले लगानी गर्नेपर्ने र बजारलाई सन्तुलित बनाउन पर्ने हुनेगर्छ  तर यसरी कुनै कम्पनीको कारोबार सुरु भएको पहिलो दिन नै आफ्नो आरक्षण मार्फत आएको सेयर फाल्दा सर्वसाधारण लगानीकर्तालाई प्यानिक सिर्जना हुने त छडै छ , फण्डहरु पनि नाफा केन्द्र भएको देखिन्छ। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे स्पेशल प्रि ओपनिङ्ग सेसनमा पिपुल्स पावरकाे पहिलाे काराेबार प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ९६ पैसादेखि अधिकतम २ सय ८४ रूपैयाँ ८८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे  थियाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि PPL  सिम्बाेल प्राप्त गरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको