Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफले सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकाेत्सव मनाउने

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, १५ : ४८ मा प्रकाशित

सिटिजन लाइफले सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकाेत्सव मनाउने

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैेछ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि असोज ३१ गतेदेखी कार्तिक ६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम मार्फत सोही  प्रकारका गतिविधीहरुलाई निरन्तरता दिइने जनाएको छ । 

यती मात्र नभएर जन समुदायमा जीवन बीमा प्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ । यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखिने पनि कम्पनीले जनाएको छ । त्यसैगरी विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ, निःशुल्क स्वास्थ्य सिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका नियमित गरिने काम बाहेक कम्पनीको विशेष दिन सम्पुर्ण कर्मचारी, अभिकर्ता साथीहरुको साथमा आफ्नो घर–छिमेक, समाजप्रतीको उत्तरदायित्व बोध गरी केहि योगदान गर्न पाउँदा विषेश सन्तुष्टी प्राप्त हुने साथै सधैँको भन्दा भिन्न वातावरणले आपसी सहकाय र स्फूर्ति पनि बढाउने कम्पनीको विश्वास छ । कम्पनीको प्रगती सँगसँगै कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने र समाजप्रतिको जिम्मेवारी पुरा गर्न सधैँ तयार रहने प्रतिवद्धता कम्पनीले जाहेर गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको