Like us!
Follow us!
Connect us!
Watch us!

रूसले कब्जा गरेको युक्रेनी भूभागमा मार्शल ल लागु

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, ०७ : ०४ मा प्रकाशित

रूसले कब्जा गरेको युक्रेनी भूभागमा मार्शल ल लागु

रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागु गरेको घोषणा गरेको छ ।

मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेका हुन् । ती चार वटा क्षेत्रमा बिहीबार बिहानदेखि सैनिक शासन लागु हुने भएको छ । 

त्यसअघि रुसी पुटिनले  सुरक्षा परिषदको बैठकलाई सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै ७० वर्षीय पुटिनले युक्रेन सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको र वार्ता प्रस्ताव लत्ताएको आरोप लगाए । पुटिनले युक्रेनले अतिवादी तरिका अप्नाएको आरोपसमेत लगाए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको