Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी टोलीले नेपालको हवाई सुरक्षा अध्ययन गर्दै

पत्रपत्रिका

विहीबार, ०३ कार्तिक २०७९, ०७ : १३ मा प्रकाशित

अमेरिकी टोलीले नेपालको हवाई सुरक्षा अध्ययन गर्दै

अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाई सुरक्षा अवस्थाबारे बिहीबार (आज)देखि अध्ययन थाल्दै छ । सो टोलीले आइकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दिए। 

उता युुरोपेली सङ्घ (ईयू)ले नेपालमा हवाई दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्न आवश्यक रहेको देखाएको छ । 

सन् २०१३ देखि ईयूको कालोसूचीमा रहेको नेपालबारे दुई दिने अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको टेक्निकल कोअपरेसन टिमले पहाडी तथा हिमाली विमानस्थलमा प्राविधिक उपकरण राख्न जोड दिएको हो ।

ईयूको टोलीले हवाई सुरक्षामा नेपालले थप सुधार गर्न पहाडका विमानस्थललाई प्रविधिमैत्री बनाउँदै हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा जोड दिन आवश्यक रहेको देखाएको प्राधिकरणले जनाएको छ । “दशैँको दिन नेपाल आएको ईयूको टोलीले असोज २० र २१ गते अध्ययनका क्रममा नेपालको हवाई सुरक्षा सुधारप्रति सन्तुष्ट देखिएको छ,” नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले भने, “गत वर्ष आइकाओले गरेको अडिटमा नेपालको प्रभावकारी कार्यान्वयन दर ७०.१ प्रतिशत रहेको पूर्ण रिपोर्ट आएको छ । विश्व बैङ्कले गरेको अध्ययनको रिपोर्टसमेत राम्रो छ ।” गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको