Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिनमा ४१ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, १७ : ३२ मा प्रकाशित

एकैदिनमा ४१ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ४१ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असाेज ३१ गते, साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेको छ । असाेज ३० गते, आइतबारसम्म बैंकहरूकाे निक्षेप ५१ खर्ब २९ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ४१ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि २९ अर्बले नै बढेर ४५ खर्ब ४७ अर्ब पुगेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह पनि ३५ अर्बले बढेर ४७ खर्ब ५७ अर्ब रूपैयाँ पुगेकाे छ । वाणिज्य बैंकहरूकाे कर्जा लगानी पनि ३२ अर्बले बढेर ४२ खर्ब १४ अर्ब रूपैयाँ पुगेकाे छ । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८६.९७ प्रतिशतबाट घटेर ८६.९१ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

635135e20db34.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको