Like us!
Follow us!
Connect us!
Watch us!

४ अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, १४ : १३ मा प्रकाशित

४ अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ४ अर्बले घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी पनि घटेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलनसँगै कर्जा लगानी पनि घटेकाे हाे । 

कार्तिक २ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप ५१ खर्ब ६५ अर्ब रूपैयाँ रहेकाे छ । कार्तिक १ गते, मंगलबार बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ६९ अर्ब रहेकाे थियाे । एक दिनकाे अवधिमा बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप ४ अर्बले घटेकाे हाे । यस्तै, यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप संकलन पनि एक अर्बले घटेर ४५ खर्ब ४७ अर्ब रूपैयाँमा झरेकाे छ ।

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्बले घटेर ४२ खर्ब १२ अर्ब रूपैयाँमा झरेकाे छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४७ खर्ब ५३ अर्ब रूपैयाँ बराबरकाे कर्जा प्रवाह गरेका छन् ।

बैंकहरूकाे सीडी रेसियो ८६.८९ प्रतिशतबाट बढेर ८६.९१ प्रतिशत पुगेकाे छ । 

63525887d39bd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको