Like us!
Follow us!
Connect us!
Watch us!

असोजमा ६१ अर्बले बढ्याे निक्षेप, कुन बैंककाे निक्षेप कति थपियाे ?

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, १६ : ५१ मा प्रकाशित

असोजमा ६१ अर्बले बढ्याे निक्षेप, कुन बैंककाे निक्षेप कति थपियाे ?

असाेज महिनामा वाणिज्य बैंकहरूकाे निक्षेप ६१ अर्बले बढेकाे छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार असाेज महिनामा वाणिज्य बैंकहरूकाे निक्षेप ६१ अर्ब ६४ कराेडले बढेकाे हाे । 

असोज मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएकाे छ । यस्तै, असाेज महिनामा बैंकहरुले ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

असाेज महिनामा नबिल बैंक लिमिटेडले सबैभन्दा धेरै निक्षेप संकलन गरेकाे छ । बैंकले एक महिनामा ७ अर्ब ९७ करोड रुपैयाँ निक्षेप थपेर सबैलाई उछिनेको हो । असोजमा नबिल बैंककाे निक्षेप  ७ अर्ब ९७ करोडले बढेर ३ खर्ब ३९ अर्ब ३३ करोड रुपैयाँ पुुगेको छ । भदाै मसान्तसम्मा बैंककाे निक्षेप ३ खर्ब ३१ अर्ब ३६ करोड रुपैयाँ रहेकाे थियाे । 

बैंकर्स संघका अनुसार असाेज महिनामा ५ वटा वाणिज्य बैंकहरूकाे निक्षेप संकलन भने घटेकाे छ । बाँकी सबै बैंककाे निक्षेप बढेकाे छ । सनराइज बैंक, एनएमबि बैंक, कुमारी बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंककाे निक्षेप घटेकाे हाे ।

वाणिज्य बैंकहरूकाे निक्षेप र कर्जाकाे अवस्था तलकाे तथ्याङ्कमा प्रस्तुत गरिएकाे छ :

6352803c1a85c.png 6352803f5e515.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको