Like us!
Follow us!
Connect us!
Watch us!

सलमानलाई डेंगी, बिग बोस चलाउदै करण

अर्थ संसार

शनिबार, ०५ कार्तिक २०७९, ०८ : १९ मा प्रकाशित

सलमानलाई डेंगी, बिग बोस चलाउदै करण

बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शोे  ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगी भएको छ । सलमानलाई डेंगी भएपछि केही हप्ता यो शो निर्माता तथा निर्देशक करण जोहारले सञ्चालन गर्नेछन् ।

डेंगीले लामो समय अस्वस्थ बनाउने भएपछि सलमान केही समयका लागि आराम गर्नेछन् । करणलाई शोको होस्टको जिम्मेवारी दिने भनिए पनि करणको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । तर निर्माताले भने करणले शो होस्ट गर्ने निश्चित भइसकेको दाबी गरेका छन् ।

करणले यसअघि पनि यो शो होस्ट गरिसकेका छन् । त्यो समयमा यो शो टेलिभिजनमा नभई ओटीटीमा रिलिज भएको थियो । सन २०२१ मा पनि करणले यो शो होस्ट गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको