धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्जमा आज (आइतबार) धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडकाे पहिलाे काराेबार भएकाे छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा संस्थाकाे पहिलाे काराेबार प्रतिकित्ता १७९ रूपैयाँ ७ पैसामा भएकाे छ । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय ४८ रूपैयाँ ६६ पैसादेखि अधिकतम ४ सय ४५ रूपैयाँ ९८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे थियाे ।
गत साता नेप्सेमा संस्थाकाे १० लाख ३१ हजार कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि DLBS सिम्बाेल प्राप्त गरेकाे छ ।
धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड भदाै ८ गते, बुधबार सम्पन्न भएकाे थियाे ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएकाे थियाे ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियाे । गोलाप्रथाबाट ३० हजार ९ सय २९ जनाले मात्र सेयर पाएका थिए । सेयर पर्नेहरुमध्येबाट १० कित्ताभन्दा बढी आवेदन दिने आवेदकहरुमध्येका ५ जनाले भने ११ कित्ता सेयर हात पारेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस