Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बुद्धिचाल संघ र समृद्धि फाईनान्सबीच सम्झाैता

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, १२ : ३० मा प्रकाशित

नेपाल बुद्धिचाल संघ र समृद्धि फाईनान्सबीच सम्झाैता

नेपाल बुद्धिचाल संघ र समृद्धि फाईनान्स कम्पनी लिमिटेडका बिच प्रायोजन सम्झौता सम्पन्न भएको छ । नेपाल बुद्धिचाल संघद्धारा आगामी कार्तिक १९ देखि २१ गतेसम्म आयोजना गरिने नेशनल भेट्रान्स चेस च्याम्पियनशीपका लागि उक्त प्रायोजन सम्झौता गरिएको हो ।

शुक्रबार एक समारोहका बिच नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम तथा समृद्धि फाईनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

करिब ७ लाख ५० हजारको लागतमा सम्पन्न हुने च्याम्पियनशीपको मुख्य प्रायोजकका रुपमा समृद्धि फाईनान्सले नेपाल बुद्धिचाल संघलाई ३ लाख रुपैंया प्रदान गर्नेछ । कार्यक्रममा समृद्धिका सिईओ लोहनीले चेस संघसँगको प्रायोजन सम्झौतालाई निरन्तरता दिन आफु प्रतिवद्ध रहेको बताएका छन् ।

 त्यसैगरी बुद्धिचाल संघका अध्यक्ष गौतमले संघद्धारा आयोजना गरिने विभिन्न बिधाका करिब १५ वटा राष्ट्रिय प्रतियोगिताहरु नियमित रुपमा सञ्चालन गर्नका लागि प्रयासरत रहेको जानकारी दिए । साथै गौतमले कर्पोरेट सेक्टरको प्रत्यक्ष सहभागीतामा मात्र नेपालमा चेस खेललाई व्यवसायीकरण गर्न सकिने बताए ।

समृद्धि फाईनान्सको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाल बुद्धिचाल संघका उपाध्यक्ष सुवोधराज शेर्पाली तथा सचिव उमेश केसीको सहभागीता रहेको थियो । त्यसैगरी समृद्धि फाईनान्सका तर्फबाट चिफ अपरेटिङ अफिसर चुडामणी खनाल तथा ब्राण्ड एण्ड प्रोडक्ट डिर्पाटमेन्ट हेड सुरज कुमार सराफको उपस्थिती रहेका थिए । गत असार अन्तिम साता काठमाण्डौमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले राष्ट्रिय प्रतियोगिताहरुको क्यालेण्डरलाई कार्यसमिति बैठकबाट अनुमोदन गराईसकेको छ । साथै संघले आगामी मंसिर महिनामा नेशनल बी तथा नेशनल सिटी च्याम्पियनशीपको समेत तयारी शुरु गरिसकेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको