Like us!
Follow us!
Connect us!
Watch us!

बैंकले मनपरी ब्याज बढाउँदा व्यवसायीहरुलाई डिप्रेसन हुन थाल्यो

अर्थ संसार

सोमबार, ०७ कार्तिक २०७९, १४ : १४ मा प्रकाशित

बैंकले मनपरी ब्याज बढाउँदा व्यवसायीहरुलाई डिप्रेसन हुन थाल्यो

बैंकको चर्को व्याजदरले व्यवसायीहरूमा डिप्रेसनको खतरा भएको सरोकारवालाहरूले बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघले दीपावली, नेपाल संवत ११४३ को अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

संघका भक्तपुर अध्यक्ष शिवप्रसाद मानन्धरले बैंकले मनपरी ब्याज बढाउँदा व्यवसायीहरुलाई डिप्रेसन हुन थालेको बताए । ‘हामीलाई राति निद्रा लाग्न छोडेको छ,’ उनले भने, ‘यही कारण व्यवसायी पलायन र व्यवसाय नै धराशयी हुने अवस्था आयो ।’ 

बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदरले लगानी गर्न व्यापारी तथा व्यवसायीहरुलाई निरुत्साहित गर्ने भन्दै उनले वाणिज्य बैंकहरुलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गरे । संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सम्मिलित टोलीले भक्तपुरस्थित विभिन्न वाणिज्य बैंकका शाखामार्फत ज्ञापनपत्र बुझाएको उनले सुनाए । 

मानन्धरका अनुसार बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, मेघा बैंक, नबिल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंकका भक्तपुरस्थित शाखाका शाखा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको