Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत

अर्थ संसार

मंगलबार, ०८ कार्तिक २०७९, ०७ : ५१ मा प्रकाशित

लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत

लक्ष्मीपूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत छ, जुन अन्य दिनको तुलनामा उच्च हो । 

साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत)  १३०५ मेगावाट भएको जनाइएको छ । गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो ।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएपनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ०७३ को लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गरेका थिए । 

त्यसअघिल्ला वर्षमा प्राधिकरणले झिलीमिली बत्ती नबाल्न आग्रह गर्दथ्यो भने लक्ष्मीपूजामा पनि लोडसेडिङ हुन्थ्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको