आज तिहारको पाँचौ दिन भाइटीका । मौसमले पनि साथ दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यता सफा छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।
प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस